पुण्यभुमी फक्ताङलुङमा धर्मशाला निर्माण:
डकेन्द्रसिंह थेगिमको फेसबुक वालबाट
इलाम, ६ जेठ २०७४ माङसेबुङ/मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको समयमा बि. स. १९९५ मा फक्ताङलुङ ( कुम्भकर्ण हिमाल ) को फेदी किरातीहरुको पवित्र सेवालुङ्धुङ पारुङतेम्बे पारुङ फुकु ( पिता ओडार ) को छेउमा तीर्थयात्रीहरुको सुबिधाको लागि निर्माण भएको धर्मशाला पाटी भत्किन गई त्यही ठाउँमा पुजनीय किरात धर्मगुरु आत्मानन्द लिङ्देनज्युको निर्देशनमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिब तथा सेन्छेइ फक्ताङलुङ सेवा ताकतेन कम्राङ पान्जुम्भो ( समिति ) का अध्यक्ष निर्मला तावा लिम्बूको अगुवाइमा हालसालै २०७३ जेठ २२ गते एक गुरुआश्रम सहित उक्त पाटीको पुनर्निर्माण कार्य सम्पन्न भएको कुरा विश्वभरीका किरात धर्मावलम्बीहरुलाई सहर्ष जानकारी गराउदछौ । अब खानेपानीको ब्यबस्था र स्नानकक्ष निर्माण कार्यलाई पनि तत्काल अघि बढाइनेछ ।
स्मरण रहोस् बि. स. १९९५ मा उक्त धर्मशाला निर्माण गर्न सहयोग स्वरुप तत्कालीन बडागुरु पण्डित द्विपराजले काठमाडौबाट रु.१००/- पठाएकामा थोरै मात्र लिई बाकी पत्रका साथ महागुरुले फिर्ता पठाउनु भएको थियो। पत्रमा " अघिल्लो जन्ममा धर्मकर्म नगरेर यो जुनीमा दुख पाएका शिष्यहरुको सेवा लगाइदिदा अर्को जुनी सप्रन्छ कि भनेर उनीहरुको पुरा चढाइयो। तपाईं त ज्ञानी , ध्यानी र धर्मी हुनुहुन्छ " भन्ने उल्लेख भएको छ।
अर्को जानकारी ; कतिपय भक्तजनको गुनासो हुक्वा मिसाउन पाइएन भन्ने आएको छ। हुक्वा भेटीको लागि द्वार खुला राखिएको र हिसाब किताब मिलाउने काम पनि बाकी नै रहेको जानकारी गराउदछौ। धन्यवाद ।
Reviewed by Umesh Kurumbang
on
May 20, 2017
Rating:
No comments