किरात धर्म 








        










"किरात धर्म भनेको हामी मानव देखि लिएर सबै जीवित प्राणिहरुको कल्याणकारि धर्म हो । सबै प्राणिहरुले बाच्नु
 पाउनु पर्छ भन्ने धर्म हो । अहिंसावादि धर्म हो । सत्कर्म ,सत्धर्ममा  हिड्नुपर्छ भन्ने अभिप्रेणित गर्ने धर्म हो । सबै धर्महरु संग सहिष्णुता  भाइचाराको सम्बन्ध कायम राख्ने धर्म हो । एउटा ठुलो बन जङगल भित्र रहेको शुद्ध पोखरिमा सबै जीवित सकल प्राणिहरुले  मिलेर आफ्नु प्यास मेटाएझै ज्ञान गुनको प्यासको भोक मेटाउने धर्म हो । अधार्मिक, अज्ञानता अविवेकशिल व्यक्तिहरुलाई  पार तराउने धर्म हो । किरात धर्म भित्र ज्ञान गुणको महासागर छ । तर यसलाई चिन्नु बुझ्नु आवश्यक छ । गुरु धेरै हुन्छन् तर गुरु चिन्नु होला गुरु पनि पारदर्शी  र अपारदर्शि हुन्छन् । दर्शन पनि पारदर्शि र अपारदर्शि हुन्छन् त्यो पनि तपाइहरुले चिन्नु होला । दर्शनको पनि आयु हुन्छ कुन दर्शनले कति भोग गरिसकेको छ  कुन दर्शनले फल खाई सकेको छ  कुन दर्शनले फल खानु बाकि छ । यो तपाइहरुले चिन्तन मनन् गर्नु होला । कसैले भन्ला  फल्गुनन्द धर्म , कसैले भन्ला आत्मानन्द  धर्म कसैले भन्ला सत्ये हाङमा धर्म तर होइन हाम्रो धर्म भनेको मानव सृष्टि  संगै सुरु भएको धर्म हो किरात धर्म । यो धर्म अहिले बनेको धर्म होइन झट्ट हेर्दा नया धर्म जस्तो लाग्छ  तर होइन यो त इतिहासकारहरुले पनि बोल्ने गरेका छन् ।"



-किरात धर्मगुरु मुहिगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द 'सेइङ' तथा किरात धर्मगुरुमाता मुहिगुम अङ्सिमामाङ साम्बा पवित्रहाङ्मा लिङ्देन ।






"सबैभन्दा पहिले आफ्नो बिचारलाइ शुद्ध बनाउनु  पर्दछ, पाप र धर्म यो दुवै कुराहरु मानिसको बिचार बाट सुरुवात भएका हुन्छन ।  यदि तपाई हाम्रो विचार शुद्ध भएन भने हाम्रो बिचारमा नराम्रो कुराहरुको वास हुन्छ त्यसपछि हामी पाप अपराध गर्न थाल्नेछौ कुन सही र कुन गलत हो  हामीमा छुटाउन सक्ने क्षमता हुदैन  । जब पाप र अपराधको कारण फन्दामा परिसकीएको हुन्छ अनि मात्र हामीलाई सबै कुराको ज्ञान हुन्छ तर के गर्ने कामहरू बिग्रि सकेको हुन्छ अब  सजाय भोग्नु बाहेक अरु विकल्प हुदैन । हामी किरातिहरु यस्ता छौ त्यसैले अब हामी किरातिहरुले यो मताउने धताउने खालका अनावश्यक खाने पिउने कुराहरुलाइ छोडेर आफ्नु  मनलाई आफ्नु विचारलाई शुद्ध बनाऊँ र  बोलीमा सीमित रहेको  सर्बश्रेस्ट प्राणि मानिस हो भन्ने  कुराहरुलाइ आफ्नो व्यहारमा उतार्न आवस्यक छ  भन्छु है । किनकि म त नास्तिक होइन , आस्तिक गुरु हु सबै जीवित जीव प्राणिहरु देखि यो सिङगो ब्रह्माण्डले   बाच्नु पर्छ  र बचाउनु पर्छ  भन्ने मेरो विचार हो  "मेरो सन्देश हो " यो खालको विचार हामी सबैले बनाऊँ यसैमा तपाई हामी  सबैको कल्याण हुनेछ ।"

किरात धर्मगुरु मुहिगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द 'सेइङ' तथा धर्मगुरुमाता मुहिगुम अङ्सिमामाङ साम्बा पवित्रहाङ्मा लिङ्देन ।



"हाम्रो वर्ग, हाम्रो जाति कला संस्कृतिको धनी हो तर चिन्न सकेका छैनौ । किनभने नाचगान सांस्कृतिक कलाहरु जस्तै माङ्लाङ्, केलाङ्, तुङ्गेलाङ्, यालाङ्, साकेवालाङ् र किरात जातिहरुद्वारा नाचिने विभिन्न नाचहरु किरात संस्कृति भित्र पर्छन् । किरातीहरु नेपालमा मेचीदेखि महाकालीसम्म बसोबास गरेका छन् र आसाम,वर्मा,भूटान,सिक्कीममा पनि रहिआएकाछन्।मगर,सुनुवार,गुरुङ्,थकाली,कुसुण्डा,मेचे,कोचे,थारु,धिमाल सबै किरात सन्तानभित्र पर्छन् । नांगाहरु पनि यहिंबाट गएका गएका हुन् र यिनीहरु किरात भित्र नै पर्छन् र भाषाहरु पनि नजिक हुन्छ,संस्कृति,मुन्धुमहरु पनि धेरै नजिक हुन्छ । बसाईको आधारले बेग्ला बेग्लै जस्तै छथरे र पान्थरे अनि चारखले भएको जस्तै मात्र हो । किनभने यो सबै भित्र पर्छन् पुजा गर्ने तरिका,माड़को स्तुती गर्ने आफ्नै ढंग र शैलीका छन् तापनि आफ्नो शःसी मुन्धुम गाएर इष्ट देवतालाई पूजा गर्ने चलनहरू गर्छन् । धिमालहरुको पनि यस्तै चलन रहेको छ । माङ्लाङ् र साकेला एउटै हो केही फरक छैन् । नाच विभिन्न खाले नाचिन्छ । नाचमा शक्ति हुन्छ । दोस्रो मौलिकता त्यहाँ पुगेको हुन्छ । त्यो शक्ति भनेको हाङ्साम थेबासाम भन्छ। थेबाले शक्ति दिएको हुन्छ । हाम्रो केलाङ्, माङ्लाङ्मा हाङ्सामको शक्ति हुन्छ।किरात जातिको पहिलाको राष्ट्रिय नाच एवं वाजाहरु तिनीहरु नै हुन् । हामीले हाम्रो पोशाक हराईसकेका थियौ । सूत्रको रुपमा राखेका थियौ । यस पटक काठमान्डौंको महासम्मेलनमा प्रदर्शन गर्यौँ । यो हाङ्साम थेबाले लगाएको पोसाक हो । यसबाट लुगाफाटाको विकास भएर गएको छ । यो कपासको कपडा बुनेर लगाउने गरिन्छ । तागाबा र पागा भनिन्छ।तागाबाबाट दौरा सुरुवालको विकास भयो भने पागाबाट टोपीहरुको विकास भएमको छ । मेख्लीबाट चौबन्दी चोलोहरु बिकास भएर गएको छ । हामीले आफ्नो पोशाक लगाउने गर्नु पर्छ । हामीले दु:ख गरेर आफैले कपडा बुनेर लगाउने गर्नु पर्छ । अहिले त सबै सौखिन भइहालियो ।


Reviewed by Umesh Kurumbang on April 10, 2017 Rating: 5

No comments