KIRAT SANDESH

KIRAT SANDESH








धर्मले ज्ञान जन्माउछ। ज्ञानले बिज्ञान जन्माउँछ।
पापले ज्ञानलाई छेक्छ।
दर्शनविहि रितिरिवाजमा वहनु अवैधानिकलता हो। हामी यहि अवैधानिकतामा रूमलिई रहेका छौँ।
अझै पनि किरात समाजको कुना कुनामा अन्धकारले ढाकेको छ। त्रिकालदर्शी युगपुरुषहरुका सिवाखाहुन, मार्गदर्शन र देववाणीहरुबाट ओझेल परेको छ।
किरात धर्मगुरु मुहिड़गुम अड़सीमाड़ लिड़देन आत्मानन्द "सेइड़" ज्यूका संक्षेपमा मुख्य मुख्य धर्मोपदेशहरु समावेश गरिएका छन्।
"समय र परिस्थिति सधै एकनाश रहँदैन। रीतिरीवाज प्रचलन , कानून सबै समय अनुरुप बदलिन्दै जान्छ। तर शास्वत सनातन सत्य किरात धर्ममा समय परिस्थिति जस्तो सुकै आओस कही असर गर्न सक्दैन्।
समयको परिधिमा नअल्मलिएर किरात धर्ममा डुबुल्की मार्नु सक्नु पर्छ। धारणा रहित भएर समयको नजिक पुग्नुपर्छ। सावायेहाड़ किरातसा लत्छा पोखेम्मे मेन्ग्र केमयी केबेगिरो।
किरात जाति धेरै पछाडी परेका छन्। कुमार्ग छोड़ी सु-मार्गमा लागौ, माक्लाम , फेनलाम तिकमामेन भन्दा हाम्रो किरात बन्दुहरुले चित्त दुखाउनुको अर्थ के?
आँखा त बाहिर हेर्ने मात्र हो, मलाई तपाईहरुले भित्री आँखाले चिन्नु सक्नु पर्छ ।
धर्म भन्ने चिन्नु सक्नु पर्छ पारदर्शिता हुनुपर्छ तर मूर्ख नबन्नु।
किरातीहरु एउटै धर्म र शुत्रमा बाँधिनु पर्छ ।
धर्म चिनिएन भने चोरिन्छ। किनकी यो सम्पत्ति हो।
ज्ञानको गोली छेकिन्दैन् तर बन्दुकको गोली छेकिन्छ। त्यसैले जपतप साह्रै गर्नुपर्छ, अब पृथ्वीमा युद्ध सुरु भएको छ, त्यसैले शान्ति गर्ने ज्ञान मात्र हुन्छ।"
-" परम पुजनीय मुहिड़गुम अड़सीमाड़ लिड़देन आत्मानन्द सेइड़ "
KIRAT SANDESH KIRAT SANDESH Reviewed by Umesh Kurumbang on April 15, 2017 Rating: 5

No comments