WE LIMBU
सस्कृती नरहे पहिचान का रहला
केही बुझ्नुपर्ने कुरा...
यालाङ(धान नाच)र पालाम
----------------------------------
संस्कारका धनी सस्कृतिको खानी किराँत लिम्बू समुदायमा यालाङ र पालामकाे महत्वाेपूर्ण पहिचानिक भूमिका छयी विधा लिम्बू समुदायकाे मैालिक र परम्परागत विधा हुन।यी दुवै विधा एक अर्काका पूरक हुन,पालाम नभनी धान नाचिन्दैन,धान नाच्दा पालाम भनिन्छ।यालाङ भन्नाले धाननांच हाे,पालाम भन्नाले के हाे त ? याे बिधालाई पर्वते भाषामा के भनिन्छ त,लिम्बू गित हाे कि तरुनी तन्नेरीले गाऊने जुवारी हाे कि?गित भनैां भने पालम गाईन्दैन भनिन्छ,जुवारी भनाै भने वाफ जुवाफ भए पनि वाफ जुवाफ दिने ताैर तरिका अत्यान्तै फरक छ,जस्तै लिम्बू समुदायमा हाक्पारे सम्लाे साम्लाेमा गरिन्छ,अर्थात गाईन्छ,ख्यालि भनिन्छ,गाईन्दैन
,त्यस्तै पालाम पनि भनिन्छ ,मेराे झन्डै दुई दशक जतिकाे धान नचाईकाे (२०३०-२०४८)अनुभव र विभिन्न लिम्बू समुदायहरूमा अनुसन्धानकाे क्रममा कुनैपनि ठाउँ,थुमहरूमा पालाम साम्लाेरे भनिएकाे नपाई पालम पाते या हेक्ते,तरे भनिएकाे पाँए,त्यसैले मलाई लाग्छ पालाम लिम्बू समुदायकाे यस्तो विधा हाे
जस्काेअाफ्नैबिशेषता र मैलकता छन,अर्थात पालाम संगितकाे एउटा माैलिक विधा हाे त्यसैले पालमलाई गाईदैन भनिन्छ।
पालाम र यालाङकाे प्रारम्भ अनि यस्काे भाका ।
---------------------------------------------
अाज भन्दा ४० बर्ष अगाडि मैले गाउँ काे एकजना धाननाँच्ने ७० बर्षकाे पारखीवाजेलाई जिग्ज्ञासा राखेकाे थिए।उहाकाेनुसार किराँती लिम्बूहरू जब ढुङ्गे,जङ्गली यूग हुँदै कृषियूगमा प्रवेश गरे तब खाेहर्या फाँडी भष्मेमा घै या(नावाेधान)छरी पाकिसकेपछी काटी सुकाएर राखेकाे ठाँउमा माक्जिरी पूहा (ढुकुरहरू)अाई धान खान लागे यसरी धान खाएकाे देखेपछि किराँती।लिम्बूहरूले ढुकुरहरू धपाउन प्रयाेग गरेकाे शब्द
ए हा हा,ए हा हा ले पालामकाे रूप लिएकाे हाे भन्ने भनाई वाजेले थाहा पाएकाे कुरा । र तेस ताका वाैधिक विकासकाे कमिले धान माडन रझार्न खुट्टाकाे प्रयाेग हुन्थ्याे रे जब धान मंसिरमा पाके पछी धान माडन छरछिमेक खलामा भेला भई धान थुपारी एकअर्काकाे हात समाई उफ्रिउफ्रि वरपर गर्दै धान माडने गर्थे त्यसै वेला ढकुरहरू धान खान अाउने गरेकाले सवैमिलि ए हा हा भन्दै धपाउथे ।यसरी धानमाथी उफ्रन्दै नाँच्दै ए हा हा पालाम र यालाङकाे सुरूअात भएकाे किम्वदन्ती पारखी वाजेले सुनाउनु भएकाे थियाे ।
हुन सक्छ कुरा सहि हाे,त्यस बेलाकाे मैलिकता जाेगाई राखेकाे अझैपनि चासाेक गर्न काटिएकाे धान रथिसाेक गर्न टीपिएकाे काेदाे वाजे वजुले खुट्टाले माडने चलन गाउँ घरमा विध्यमान छ।
पालामकाे भाक(संगित)
===============
पालाम र यालाङकाे सुरूअात संगसंगै पालाम भनिने भाकाकाे पनि प्रर्दुभाब भएकाे थाहा पाईयाे ।सुरूमा हा हा एहा हा छुईया पकन्दी सरलैमा सर अा हा हा खाे अाे खै पालामि शैली रभाकाहरू देखिएका र सुनिन्दै अाईएकाे छ,यी भाकाहरू सुरूदेखीविभिन्न कालखण्डमा परिवर्तित र परिमार्जित हुँदै अाएका छन।सामन्यतय पालामी भाक तीन किसमकाे भाकामा अाेतप्राेत भएकाे पाईन्छ।
१, हक्पारे भाका जुन सुरिलाे र स्वाेर तानेर गाईन्छ।
२,कन्ठयुक्त अर्थात कम्पित भाका जुन सुरिलाे स्वाेरलाई कन्ठरद्वार कम्पन दिएर ।
३,झ्याउरे छाेटाे भाका जुन छाेटाे र मिठाे हन्छ।
पालामकाे अाफ्नै एउटा छट्टै विषेश्ता छ, पालामकाे लामाे अथवा छाेटाे सव्दलाई यी तिनै भाका वाट उदगार गर्न सकिन्छ।
पालामि भाका कस्ले र कसरी वन्याेहाेलात कसैलेत भाका निकाल्याे ,तर त्यस बेला फलनाले निकालेकाे भाका भनेर नत लेख्ने चलन थियाे नत भन्नेनै तर हरेक साल हरेक मेला बजारमा पालमि भाका परिबर्तन हुन्थ्याे ।मेराे अनफ्नाे दुई दसक धान नचाईकाे अनुभवमा अाठराईकाे मदनमेला र दिपेन्द्र मेला,पाँचथरकाे यूबकमेला,त्रिसाली मेला,यासाेक वालाचतुरे,कृष्णअष्टमी,र रामनवमी अमरपूर,पूषेमेेला,लाखेमेला ,ताप्लेजुङ्ग,महेन्द्र मेला,पाेक्लावाेङ,माईमेला झापा हरेक ठाउबाट अाएका थाङवेन मेन्छ्याहरू अाफ्नाे अाफ्नै ठाउकाे भाकाबाट पालाम भनी धान नाचेका हुन्थे धान नाच्ने पारखिले ती सवै भाकाबाट नयाँ भाका निकालिन्थ्याे थुम थुमकाे भाका काे समिस्श्रण बाट भाका बन्थ्याे ।अाज गुन्जिने भाकाहरू तिनैपुराना भाकाहरूमा अाेतप्राेत रसंकलित छन।लिम्वुहरूकाे संस्कृतिक पहिचानिक पालाम र यालाङकाे उति तिब्रगतिमा नगएकाे अबस्था देखिन्छ ।तर पनि अहीलेका नयाँ लिम्वुवानी गायक,गाईकाहरूले अाफ्नाे मैलिक सांसकिृतीक पालामकाे भाकालाई जाेगाई राख्ने क्रममा लागि परेकाेमा सहारानिय काम मान्नु पर्दछ।साथै अाफ्नाे माैलिक्तालाई अगाल्दै अाफ्नाे संस्कार र संस्कृतिकाे संरक्षण ,सम्वर्धनकाे लागि सम्पुर्ण याक्थङ थिवाङ साहनु नालिङगेन मन्छिम साहारे निहि नुरि चाेक्मा पाेङलाे अदाङवा अादाङमाहासे ।।
। अाशेवाराे मंखावा लाजे जर्मनलामअाेनुराे ।।।
यामाे तुमिर पच्छिराे ।।।।
लेख : हिमाल सुब्बा ज्यु को फेस्बुक बाट जस्ता को त्यस्तै साभार गरियेको !
LIMBU VIDEO AND FULL MOVIES :-
New Limbu Full Movie || Aani Sakthim || Dhan B. Yonghang / Kamala Kandangwa by Ina Music & Filmss
LIMBU SUPER HIT LIMBU MOVIES:- NUMAFUNG
WE LIMBU
Reviewed by Umesh Kurumbang
on
April 08, 2017
Rating:
No comments