किरात सन्देश


                   किरात सन्देश 



हामीले धर्मगुरु ज्युहरुलाई ईश्वर भनेका छैनौं तर
तागेरा निङ्वाभुमाङको प्रतिनिधिको
रुपमा मानेका छौँ। त्यस मानेमा माङको
प्रतिनिधि माङ भन्न सकिन्छ। हामी पक्कै
बुझ्छौँ तागेरा निङ्वाभुमाङ र माङ फरकफरक
हुन। वहाँहरुले मानवताका लागि र सृष्टि
रक्षाका लागि दिनुभएको अतुलनीय देनको
सम्मान गर्दै तागेरा निङ्वाभुमाङबाट प्राप्त
भएको माङधककुधक ( शाश्वत देवावतार ) लाई
आत्मसात गरेको मात्र हो। वहाँहरुको अवतरणले
युगलाई नेतृत्व दिएको छ।ठूलाठूला संकट र
प्राकृतिक प्रकोपबाट हामी र सृष्टिलाई
गुरुहरुले जोगाएका छन्। त्यसैले माङयाम्बक
( देवकर्म गर्ने ) माङको प्रतिनिधि हुनाले
हामी मुहिङगुम अङसीमाङ भनिरहेका छौँ।
केही समययता धर्मगुरुहरु सम्बन्धमा ठूलाठूला
आरोप प्रत्यारोप लगाउने कामहरू भइरहेको छ।
जस्तै: जिउँदो मान्छेलाई देवता मान्ने? भन्छन्।
यश सन्धर्भमा हाम्रो मुन्धुम के भन्छ भन्ने कुरा
थाहा पाउन जरुरी छ।
किरात साम्जिक मुन्धुमको साक्मुरा वादेम्मा
( गालीस्राप वहन्ती ) मुन्धुम अनुसार पृथ्वीको
सृष्टि सँगै सबै जलचर थलचरको सृष्टि गरियो।
बनस्पति, जंगल, जैविक बिबिधता, कमिला
देखि लिएर ठूलाठूला अजङ्गको जनावर समेतको
सृष्टि गरियो।अनि राक्षसको सृष्टि
गरियो।
तागेरा निङ्वाभुमाङले ठूलो मेहनत र परिश्रम
लगाएर सृष्टिको सिर्जना गर्यो तर माङलाई
नसम्झिने, मुर्ख, अर्धज्ञानी मात्र भएको
अमानवीय वस्तु मात्र भए। आफुआफुमा
मारामार, चेतनाहिन संरचनाले माङको सृष्टि
सुहाउँदो देखिएन।त्यसैले त्यसको बिकल्प
खोजियो।
यसै सन्धर्भमा भनिएको छ! माङतामादेन,
हाङतामादेन मेन्छाङगेन नामयाप्मी रे
नावाचइत नेसुङ फाअाङ तागेरा
निङ्वाभुमाङिन सिकुमदिङ निङ्वा इच्छिङ।
( अर्थ: देवता आउने, राजाबादशाह आउने
माध्यमको रुपमा चेतनशील मानवको सृष्टि गर्ने
तागेरा निङ्वाभुमाङले परिकल्पना गर्यो )
उपरोक्त पंक्तिलाई हेर्दा माङ आउने जाने, प्रकट
हुने, अवतरण हुन मुख्य माध्यम नै हामी जस्तो
मानिस नै हो। त्यसैले संसारमा धेरै पटक धेरै
युगपुरुषको जन्म भएको छ। धेरै राजा बादशाहको
जन्म भएको छ। युगपुरुषहरुले माङको सन्देश
( ईश्वरीय वचन ) मानिसहरूलाई दिइरहेका छन्।
त्यो नै मानव जीवनको दिगदर्शन बन्यो।
त्यसैको आधारमा आचारसंहिता, संविधान र
कानुन बन्यो र संसार कानुनी राज्यमा परिणत
भएको छ।
   धर्म गरुहरुले दिएको ज्ञान चेतना र शिक्षाको
आधारमा शासकहरुले कानुनको निर्माण गर्दै
लगेर मानिसलाई अनुशासनको बन्धनमा राख्दै
लगे।त्यसको मुल आधार नै किरात दर्शनबाट
बिकास भएको छ।
फेदाङमा, साम्बा, येबा, येमा, ज्योतिष,
डाक्टर, न्याय र शासन पद्धतिको
आचारसंहिता युगपुरुष येहाङले निर्माण गरेका
हुन।उसैले दिएको दर्शन अनुसार अहिलेको मानव
सभ्यताको बिकास भएको छ।यो महत्त्वपूर्ण र
गहन बिषयमा हाम्रो बौद्धिक बिचार कहिले
प्रबेश गर्ला? समय कुर्नैपर्ने देखिन्छ।
तसर्थ: मित्रहरू माङ या इश्वर जीवित मान्छेमै
प्रकट हुन्छन् या अवतरण हुन्छन्।अनि बिश्वका
मानवशरुको हितका लागि ।









थप जानकारी  पाउनकाे लागि याे लिन्क क्लिक्क गर्नुहोस ✋
किरात सन्देश किरात सन्देश Reviewed by Umesh Kurumbang on April 14, 2017 Rating: 5

No comments